सिट बेल्ट नलगाउँदा प्रधानमन्त्रीले तिरे १६ हजार जरिवाना काठमाडौं। बेलायती प्रधानमन्त्री ऋषि सुनकले जरिवाना तिरेका छन्। उनले १०० पाउण्ड अर्थात् १६ हजार रुपैयाँ जरिवाना तिरेका हुन्। ट्राफिक नियम पालना नगर्दा सुनकले जरिवाना तिरेका हुन् । उनले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा गुडिरहेको गाडिभित्र सुनक सिटबेल्ट नलगाई बसेका थिए । यसकै आधारमा प्रहरीले उनलाई जरिवाना तिराएको हो। यसको लागि प्रधानमन्त्री सुनकले माफि मागेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्