सोनाम ल्होछार मनाउँदै तामाङ समुदाय, आजदेखि नयाँवर्ष २८५९ सुरु काठमाडौं। तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन्। काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरुमा हर्षोल्लास पूर्णरुपमा सोनाम ल्होछार मनाएका हुन्। ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा पनि विशेष महोत्सव र मेलाको आयोजना गरिएको थियो। तीन दिनसम्म टुँडिखेलमा तामाङ समुदायले ल्होछार पर्वको अवसरमा आफ्ना सांस्कृतिक, धार्मिक नाचगान एवं झाँकी समेत प्रदर्शन गरिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्