देशभर संगठन विस्तार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी, यस्तो छ तयारी काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले आउँदो जेठभित्र देशैभर संगठन विस्तार गर्ने निर्णय गरेको हो। पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा देशभर संगठन विस्तार गरिने उल्लेख छ। साथै चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गरिनेछ। जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने पार्टीको तयारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्