नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन काठमाडौं, १३ माघ। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ। शुक्रवार रत्नराज्य क्याम्पसअगाडि अनेरास्ववियुका विद्यार्थी भेला भइ शिक्षामन्त्रीको पुत्ला दहन गरेका हुन्। शिक्षामन्त्रीले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप उनीहरुको छ। शिक्षामन्त्री खनालले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्