शिखरबाट एकैचोटि भुइँमा बजारिएका रवि लामिछाने काठमाडौँ। सञ्चार क्षेत्रमा रहँदा गरेका केही उल्लेखनीय कामले एकाएक सेलिब्रिटी बनेका रवि लामिछानेलाई राजनीति पनि खुबै फाप्यो। सञ्चारकर्मबाट पाएको अथाह मायालाई उनले राजनीतिक दलमा रुपान्तरण गर्न सफल भए। सामाजिकदेखि विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिलाई साथ लिएर रविले ७ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे। असार पहिलोसाता नयाँ दल खोलेका रविले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभाको चुनावमा ऐतिहासिक सिट जित्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्