सांसद अरुणकुमार चौधरी परे पक्राउ काठमाडौं, १९ माघ। नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। कैलाली प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित चौधरीलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। २०६६ भदौ ३३ गते ट्याक्टरमा आगो लगाई क्षति पुर्याएको आरोपमा जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद र ९ लाख १९ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्