सांसद अरुण चौधरी जेल चलान, के होला सांसद पद ? काठमाडौं। कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएकाछन्। १३ वर्ष पुरानो आगजनीको घटनामा उनलाई ६ महिना कैद सजाय सुनाइएको थियो। २०६६ भदौ ३ गते ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनलाई अदालतले दोषि ठहर गरेको थियो। जिल्ला अदालत कैलालीले २०७० वैशाख ९ गते ६ महिना कैद र ८ लाख १९ हजार ४ सय २३ रुपैयाँ बिगो भराउने फैसला गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्