राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किए सन्दीप लामिछाने काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किएका छन्। उनी राष्ट्रिय टोलीका अन्य सदस्यसँगै प्रशिक्षणका लागि त्रिवि क्रिकेट मैदान पुगेका छन्। पोखरामा बसेको क्यान कार्यसमिति बैठकबाट निलम्बन फुकुवापछि राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछाने टोलीसँगै बन्द प्रशिक्षणमा फर्किएका हुन्। नाबालिग बलात्कार अभियोगमा ९९ दिन जेलमा बसेर पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएका सन्दीपलाई बिहीबार बन्द प्रशिक्षणमा बोलाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्