रास्वपाको डेडलाइन आजसम्म, संकटमा सत्ता गठबन्धन काठमाडौ। गृहमन्त्री नपाए सरकार छाड्ने राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिने अल्टिमेटम आज शनिवार सकिँदैछ।सरकार छाड्ने निर्णय गर्न बसेको सो पार्टीको बिहिवारको बैठकले दुई दिन कुर्ने निर्णय गरेको थियो।तर, शुक्रवार यस विषयमा सत्ता गठबन्धनमा कुनै छलफल भएन। प्रधानमन्त्री प्रचण्डले पनि यसबारे कुनै चासो दिएको देखिएन।अर्थात् शुक्रबार साँझसम्म गृह मन्त्रालयलाई लिएर सत्ता गठबन्धनमा परेको गाँठो फुकाउने कुनै ठोस् पहल हुन सकेन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्