दुई टिमको अफिसियलहरु मात्र उपस्थित थिए। उक्त खेल हेर्न विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो समेत पुगेका थिए।
खेलको प्रत्यक्ष प्रसारण त थिएन नै त्यहाँबाट प्रत्यक्ष जानकारी गराउनको लागि इन्टरनेट पनि बन्द गरिएको थियो। खेलअघि उत्तर कोरियाले दक्षिण कोरियालाई खेल सकिएपछि भिडिओ टेप र फोटो दिने सहमति गरेको थियो। त्यो पनि देश छाडेर फर्केपछि।
झण्डै तीन दशकपश्चात उत्तर र दक्षिण कोरियाबीच खेल भएको हो। सन् १९९० मा यी दुई देशबीच उत्तर कोरियामा मैत्रीपूर्ण खेल भएको थियो।

दर्शक, पत्रकार, गोल र प्रत्यक्ष अपडेटविनाको एउटा गोप्य खेल: Dekhapadhi
दर्शक, पत्रकार, गोल र प्रत्यक्ष अपडेटविनाको एउटा गोप्य खेल

काठमाडौं। फुटबललाई 'दी ब्युटिफुट' गेम भनिन्छ। विश्‍वमै सबैभन्दा बढि हेरिने अनी बढी चर्चा भएको खेल फुटबल नै हो। तर फुटबल खेल्ने मैदानमा दर्शक भएन भने के मज्जा होला।

साँच्चै सोच्‍नुहोस् त, दर्शक पत्रकार नभएको स्टेडियममा फुटबल खेल्दा खेलाडीलाई कस्तो होला ? तर, विश्व फुटबलमा अहिलेसम्म नभएको यस्तै खेल भएको छ।

फिफा विश्वकप कतार-२०२२ र एएफसी एसिया कप चीन-२०२३ को एसियाली दोस्रो चरणको छनोट अन्तर्गत २८ असोज राति दुई कोरियाबीचको डर्बी खेल कहिल्यै नभएको खेल जस्तो बन्यो। उक्त खेल कुन समयमा सुरु भयो र कति बजे सकियो कसैलाई थाहा भएन। तर, जब नतिजा आयो अनि मात्र थाहा भयो कि खेलको नतिजा, उत्तर कोरिया- शून्य, दक्षिण कोरिया- शून्य।

उत्तर कोरियाको राजधानी प्याङयोङमा भएको खेलमा कुनै गोल हुन सकेन। गोल नभएको भन्दा पनि अन्य विषय चाखलाग्दो र रोमाञ्चक थियो। उक्त खेल खेलाडीले खाली स्टेडियममा खेलेका थिए। स्टेडियममा कुनै दर्शक थिएनन्। उत्तर कोरियाको सरकारी पत्रकारलाई मात्र प्रवेश दिइएको थियो।

दुई टिमको अफिसियलहरु मात्र उपस्थित थिए। उक्त खेल हेर्न विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो समेत पुगेका थिए।

खेलको प्रत्यक्ष प्रसारण त थिएन नै त्यहाँबाट प्रत्यक्ष जानकारी गराउनको लागि इन्टरनेट पनि बन्द गरिएको थियो। खेलअघि उत्तर कोरियाले दक्षिण कोरियालाई खेल सकिएपछि भिडिओ टेप र फोटो दिने सहमति गरेको थियो। त्यो पनि देश छाडेर फर्केपछि।

झण्डै तीन दशकपश्‍चात उत्तर र दक्षिण कोरियाबीच खेल भएको हो। सन् १९९० मा यी दुई देशबीच उत्तर कोरियामा मैत्रीपूर्ण खेल भएको थियो।