"> पूर्व कप्तान राजु खड्का भन्छन्– सन्दीपलाई कप्तान बनाउनुपर्छ: Dekhapadhi
पूर्व कप्तान राजु खड्का भन्छन्– सन्दीपलाई कप्तान बनाउनुपर्छ
काठमाडौं। २८ असोजमा अलराउण्डर पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि अब नेपालको नयाँ कप्तान को होला भन्ने बहस शुरु भइसकेको छ।

सन् २००९ मा सिनियर टिमको कप्तान बनेका पारसले एक दशक निरन्तर नेपालको कप्तानी गरे।

पारसले सन् २००४ मा राजु खड्काको कप्तानीमा सिनियर टिममा डेब्यु गरेका थिए। उनै राजु सम्मलित छनोट समितिले पारसलाई २००९ मा कप्तान चयन गरेको थियो।

पारसले उक्त पद छाडेपछि अब नेपालको नेतृत्व कसले गर्ला ? पूर्व कप्तान राजु खड्का भने अब युवा लेग स्पीनर सन्दीप लामिछानेले नेपालको कप्तानी गर्नुपर्ने बताउँछन्।

सन्दीप तिनै खेलाडी हुन् जसले राजु खड्काकै प्रशिक्षणमा चितवनको क्याम्पाचौरमा क्रिकेट प्रशिक्षण शुरु गरेका थिए।

'नव निर्वाचित क्यानसँग क्रिकेट सेन्स छ भने विश्व क्रिकेटको आइकन सन्दीप लामिछाने नेपालको नयाँ कप्तान बन्न सक्छन्, उनले मल्टिनेशन कम्पनी र कर्पोरेट लगानीलाई आकर्षित गर्न सक्छन् र गर्वका साथ नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय एरेनामा नेतृत्व गर्न सक्छन्।' पूर्व कप्तान राजुको यो भनाई लाई नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो अफिसियल सामाजिक सञ्जालमा राखेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्