डब्लुसिएलः चितवन राइनोजको विजयी शुरुआत
काठमाडौं। नेपाली क्रिकेट इतिहासमा पहिलो पटक महिला क्रिकेटको फ्रेन्चाइज टी-२० क्रिकेट लिगको शुरुवात भएको छ।

क्वीन्स इभेनट्स म्यानेजमेन्टले आयोजना गरेको वुमन्स च्याम्पियन्स लिग डब्लुसिएलमा चितवन राइनोजले विजयी शुरुवात गरेको छ।

आज कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा चितवन राइनोजले क्याट क्वीन काठमाडाैंलाई ५ विकेटले पराजित गरेको हो।

चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन बनाइन्।

यस्तै प्यारी चौधरीले नटआउट २४ रन योगदान गरिन्।

बलिङमा काठमाडौंका लागि इश्वरी विष्टले २ विकेट लिइन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्याट क्वीन काठमाडौंले २० ओभर खेल्दै सबै विकेट गुमाएर ९२ रन बनाएको थियो।

काठमाडौंका लागि ओपनर रश्मी चौलागाईंले सर्वाधिक ३४ रन बनाइन् भने सरस्वती कुमारीले १५ रन जोडिन्।

बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

रश्मीले २५ बल खेल्दै ७ चौका प्रहार गरेकी थिइन्।

काठमाडौंलाई कम स्काेरमा रोक्न चितवन राइनोजकी सन्तोषी चौधरीले सर्वाधिक ३ विकेट लिइन्।

यस्तै रेखा रावल र कविता गौतमले २-२ विकेट लिए।

कविताले ४ ओभरमा १ मेडन राख्दै जम्मा १४ रन मात्र खर्चिइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्