पछिल्लो एक दशकमा नेपाली क्रिकेटमा सफलता, असफलता उपलब्धी, कीर्तिमानीलगायत उथुलपुलपूर्ण गतिविधिहरू भए । यो अवधीलाई नेपाली क्रिकेटको ‘स्वर्णकाल’ भनिन्छ, अनी टीमलाई ‘स्वर्ण टीम’ ।
यही ‘स्वर्ण टीम’को नेतृत्व गर्दै निरन्तर एक दशक कप्तान बने– पारस खड्का । साढे तीन वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को निलम्बनबाट शर्तसहित नेपाल क्रिकेट संघ (क्यान) फुकुवा भएको भोलिपल्ट अर्थात् २८ असोजमा पारसले राजीनामा घोषणा गरेका हुन्।
खड्काले राजीनामा दिएपछि अबको कप्तान को ? भन्ने प्रश्न उब्जिएको छ। त्यसो त पारसले राजीनामा दिनुअघि नै नेपाली टीमको नेतृत्व कसले गर्ला भन्ने बहस भइरहेकै थियो ।
क्यानमा पनि भर्खरै निर्वाचित भएर नयाँ समिति आएको छ । क्यान अध्यक्ष चतुरबहादुर भन्दले पारसको निर्णय अहिले (२९ असोज दिउँसो)सम्म आधिकारिक रुपमा नपाएको बताएका छन् ।
यद्यपी कप्तान बन्ने÷बनाउने विषय नौलो नभएको भन्दै आज बस्ने बैठकले यसबारे छलफल गर्ने उनको भनाइ छ । चन्दका अनुसार पारसलाई कप्तानमा निरन्तरता दिने, छनोट समिति बनाएर नयाँ चयन गर्ने वा के गर्ने भन्ने निर्णय क्यानले गर्न सक्नेछ। तर, पारसले अब कप्तान नबन्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । खेलाडीका रुपमा भने राष्ट्रिय टीममा रहने पारसको भनाइ छ ।
अब को ?
नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता नियमित खेलिरहेको छ । डेढ महीनापछि नेपालमै हुने १३औं दक्षिण एशियाली खेलकुदमा क्रिकेट पनि समावेश छ । त्यसको लागि पनि टीमको नेतृत्व गर्ने कप्तान छिटो चुन्नुपर्ने अवस्था छ ।
राजीनामा घोषणापछि गरेको पत्रकार सम्मेलनमा पारसलाई सोधियो नेपाली टीमको अबको कप्तान को ? उनले आफू कप्तान हुँदा निरन्तर उपकप्तान रहेका र सिनियारिटिका हिसाबले पनि ज्ञानेन्द्र मल्ल योग्य भएको बताए । उनको आशय थियो– कम्तिमा एक वर्ष मल्ललाई कप्तान बनाउने र त्यसपछि भने क्यानको छनोट समितिको निर्णयमार्फत् अगाडि बढ्ने ।
पारसको पुस्ताका चार खेलाडी अहिले सिनियर टीममा छन् । ज्ञानेन्द्रसहित शरद भेषवाकर, विनोद भण्डारी र बसन्त रेग्मी । अनी उमेर समूहमा कप्तानी गरिसकेका दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने पनि सिनियर टिममा छन् । अहिले यू–१९ को कप्तान रहेका रोहितकुमार पौडेल पनि सिनियर टिममा छन्।
यस बाहेक पारस पुस्तापछि सिनियर टीममा प्रवेश भएका सोमपाल कामी, आरिफ शेख, करण केसी छन्। आरिफ बाहेक बाँकी सबै खेलाडीले घरेलु प्रतियोगिता वा टी–२० फ्रेन्चाइज् लिगहरुमा कप्तानी गरिसकेका छन्। अबको कप्तान बन्ने पनि यी नाममध्ये एकजना नै हुनेछन् ।
यसमा पनि केही खेलाडीले घरेलु क्रिकेटमा सफल कप्तानी गरिरहेका छन्। अहिले उपकप्तान रहेका ज्ञानेन्द्र मल्ल र घरेलु क्रिकेटका सबैभन्दा सफल कप्तान शरद भेषवाकर कप्तानको दाबेदारको रुपमा अगाडि छन्।
पारसको अनुपस्थित रहेका केही खेलमा ज्ञानेन्द्रले कप्तानी गरेका थिए। त्यसैले पनि पारसले भनेजस्तै ज्ञानेन्द्र स्वभाविक कप्तानको दाबेदारका रुपमा छन्। यदि फरक नेतृत्व चाहने र घरेलु क्रिकेटमा गरेको नेतृत्व हेर्ने हो भने शरद बलियो दाबेदार हुनसक्छन् । तर, चोट र पर्मका कारण शरद पनि पछिल्लो समय नियमित टीममा पर्न सकेका छैनन।
त्यस्तै फास्ट बलिङ अलराउण्डर सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने पनि कप्तान बन्ने दौडमा छन्। नेपालले पछिल्लो पटक खेलेको ‘सिंगापुर ट्राई नेशन सिरिज’मा ज्ञानेन्द्र मल्ल अनुपस्थित रहेकाले यू–१९ टीमका पूर्व कप्तान दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको थियो। उनले घरेलु फ्रेन्चाइज् लिगमा समेत कप्तानी गरिसकेका छन्।
उनकै कप्तानीले नेपालको यू–१९ टीमले भारतको यू–१९ टीममाथि २०१७ को एशिया कपमा ऐतिहासिक जित हासिल गरेको थियो। यस्तै सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेदेखि अन्तर्राष्ट्रिय जगतमै चर्चित भएका छन्।
पारसपछि नयाँ ‘पोस्टर ब्वाय’को रुपमा सन्दीप देखिएका छन्। उनले पनि यू–१९ टिम र घरेलु टी–२० लिगको कप्तानी गरिसकेका छन्। यस्तै टी–२० लिगमै कप्तानी गरिसकेका सोमपाल कामीलाई पनि कप्तानको रुपमा हेरिएको छ।
पारसले मैदानभित्र मात्र होइन बाहिर पनि क्रिकेटको नेतृत्व गर्दै आएका छन्। पछिल्लो समय नेपालको ब्याटिङ पारसमै निर्भर जस्तो देखिन्छ । त्यसलै नयाँ कप्ताका लागि मैदानका साथै बाहिरको नेतृत्व गर्नुपर्ने चुनौती छ ।
क्यानमा नयाँ नेतृत्व आइसकेकोले अब मैदान बाहिर खेलाडीले चिन्ता लिनु पर्दैन कि भन्ने आश देखिएको छ । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा उमेर समूहको महिला टीमको प्रशिक्षण सम्हालिसकेका विनोद दासले पनि कप्तानको पद सजिलो नभएको बताएका थिए।
दासले केही समयअघि देखापढीसँगको कुराकानीमा पारस सफल कप्तान बन्नुमा खेलाडी, टीममेट सबैको सहयोग रहेको बताएका थिए। “यदि कसैले पारस जस्तै १० वर्ष कप्तानी गर्नुछ भने समयअनुसार अगाडि बढ्न सक्नुपर्छ,” दासले भनेका थिए, “पारस यत्तिकै अहिलेको अवस्थामा आएको होइन, अरूले पनि यो बुझ्नु जरुरी छ।”
दासले भनेजस्तै नयाँ कप्तानलाई नेपाली क्रिकेटको नेतृत्व गर्नु पक्कै सजिलो छैन। नेपाली क्रिकेट पुस्तान्तरणको अवस्थामा रहेको र क्यानमा पनि नयाँ नेतृत्व आएकाले को कप्तान बन्ला र टीमलाई कसरी नेतृत्व गर्ला भन्ने आम चासो बनेको छ ।