विश्व उसु च्याम्पियनसिपमा ११ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं। १५औं विश्व उसु प्यासीफिक च्याम्पियनसिपमा सहभागि हुन नेपाली उसु खेलाडी चीनतर्फ प्रस्थान गरेका छन्।

उक्त च्याम्पियनसिपमा सहभागि हुन जाने खेलाडी एवं प्रशिक्षकलाई नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङले आज बिदाई गरेका छन्।

च्याम्पियनसिपमा नेपालबाट विभिन्न विधामा ११ जना खेलाडीहरुले आफ्नो चुनौती प्रस्तुत गर्नेछन्। थाउलुतर्फ सुस्मीता तामाङ,निमा घर्तीमगर,विजय सिन्जाली,दिपक हमाल,मिना ग्लान,विश्व बुढामगर,कविता थापा र शिवजी सिलवालले सहभागिता जनाउने छन् भने सान्सोतर्फ विन्दु पुनमगर,जुली राई र किरण सिंह सावदले सहभागिता जनाउने छन्।

टोलीको प्रशिक्षकमा तुलसीनन्द बज्राचार्य र व्यवस्थापकमा लानम लामा रहनेछन्। चीनको सांघाइमा १९-२५ अक्टुबरसम्म च्याम्पियनसिप आयोजना हुनेछ।

त्यसैगरी सांघाइमै १९ अक्टुबरमा हुने १५औं विश्व उसु कंग्रेसमा सहभागि हुन नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ,महासचिव लाक्पा छिरिङ्ग लामा र केन्द्रीय सदस्य सान्देन शेर्पा पनि त्यसतर्फ प्रस्थान गर्दैछन्।

प्रतियोगितामा सहभागी हुने टोली आजै त्यसतर्फ प्रस्थान गर्दैछ भने महासंघका अध्यक्ष भोली त्यसतर्फ प्रस्थान गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्