रियल र बार्सिलोनाबीचको ‘एल क्लासिको’ खेल स्थगित
काठमाडौं। स्पानिस ला लिगा अन्तर्गत रियल मड्रिड र बार्सिलोनाबीचको चर्चित क्लासिको खेल स्थगित भएको छ।

दी रोएल स्पानिस फुटबल फेडेरेसनले 'एल क्लासिको' स्थगित भएको जनाएको हो। रियल र बार्सिलोनाबीचको खेल २६ अक्टुबरमा हुने तय थियो।

क्याटलोनियामा राजनीतिक अस्थिरताको कारण देखाउँदै स्पानिस फुटबल फेडेरेसनले बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा हुने खेल स्थगित गरेको हो।

क्याटलोनियाको तनावका कारण एल क्लासिको खेल रियल मड्रिडको मैदानमा सार्न प्रस्ताव गरेको थियो। तर, मड्रिडले प्रस्ताव अस्वीकार गरेपछि फेडेरेसनले खेल स्थगित गरेको हो।

अब यो खेल डिसेम्वरमा हुने सम्भावना छ।

बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भेलभर्डले नोउ क्यम्पको खेल बर्नाबेउमा नसर्ने आशा व्यक्त गरेका छन्। यस सिजन ला लिगामा अपराजित एक्लो टीम बनेको रियल ८ खेलबाट १८ अंकहसति शीर्ष स्थानमा छ।

समान खेलबाट १६ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्