नेपाली महिला भलिबल टोली थाइल्याण्डमा पहिलो मैत्रीपूर्ण खेल खेल्दै
काठमाडौं। वैदेशिक प्रशिक्षणको लागि थाइल्याण्डमा रहेको नेपाली महिला भलिबल टीमले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ।
आगामी १५-२५ मंसीरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेदकुद (साग) को लागि राष्ट्रिष खेलकुद परिषद्को सहयोगमा नेपाली टोली बुधवार थाइल्याण्ड गएको थियो।
नेपालले आज पहिलो खेल थाइल्याण्डको बैंकक यूनिभर्सिटीसँग खेल्ने व्यवस्थापक रिता कोइरालाले जानकारी दिएकि छन्।
यस्तै नेपालले बिहान बेलुका गरी दैनिक दुई पटक प्रशिक्षण समेत गरिरहेको कोइरालाले बताएकि छन्। पहिलो पटक विदेशमा प्रशिक्षण गर्न गएका महिला भलिबल खेलाडी निकै उत्साहित छन्।
बंगलादेशमा आयोजना हुने प्रथम एभीसी एसियन सिनयर वुमन सेन्ट्रल जोन भलिबल च्याम्पियनसीप खेल्न जानेछ। च्याम्पियनसीप २२-२७ कात्तिकसम्म ढाकामा सञ्चालन हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्