डब्लुसिएल: रितुको अलराउण्ड प्रदर्शनमा चितवनको लगातार दोस्रो जित
काठमाडौं। रितु कनौजियाले अलराउण्ड प्रदर्शन गरेपछि चितवन राइनोजले वुमन च्याम्पियनसीप लिग डब्लुसिएल टी-२० क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ।

उद्घाटन खेलमा क्याट क्वीन काठमाडौंलाई पराजित गरेको चितवनले आज ललितपुर फाल्कन्सलाई ८९ रनले पराजित गरेको हो। ब्याटिङमा अर्धशतक प्रहार गरेकी रितुले बलिङमा किफायती बलिङ गर्दै २ विकेट समेत लिइन्। रितु डब्लुसिएलमा अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी बनेकी छिन्।

यसअघि काठमाडौंकी कप्तान रुविना क्षेत्री र विराटनगरकी विकेटकिपर ज्योती पाण्डेले अर्धशतक प्रहार गरेका थिए। कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा टस हारेर पहसले ब्याटिङ गरेको चितवनले रितुकै नटआउट ५८ रन मद्दतमा २० ओभर खेल्दै ३ विकेट गुमाएर १३५ रन बनाएको थियो।

५५ बल खेलेकी रितुले ८ चौका समेत प्रहार गरिन्। रितु र प्यारी चौधरीले चौथो विकेटका लागि नटआउट ६८ रनको साझेदारी गरिन्। प्यारीले नटआउट २२ रन बनाइन्। ओपनर काजोल श्रेष्ठले १५ र कप्तान इन्दु बर्माले १० रन जोडिन्।

ललितपुरकी कप्तान नेरी थापाले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन्। १३६ रनको लक्ष्य पछ्याएको ललितपुर, चितवनको बलिङसामु टिक्न सकेन र १७.१ ओभर खेल्दै जम्मा ४६ रनमै अलआउट भयो। ललितपुरका लागि कप्तान नेरीलेमात्र दोहोरो अंकमा रन जोडिन् भने बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्। नेरीले १७ रन बनाइन्। चार खेलाडीले खाता समेत खोल्न सकेनन्।

ललितपुरलाई अलआउट गर्न चितवनका लागि कविता गौतमले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन्। यस्तै रितुले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन्।

रेखा रावल र सुमन खतिवडाले १-१ विकेट लिए। लगातार दोस्रो जितपछि चितवनले विराटनगर टाइटन्स समान ४ अंक जोडेको छ। ललितपुरको भने यो लगातार दोस्रो हार हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्