यू-१९ फुटबल दोस्रो चरणमा ३१ खेलाडी छनोट

काठमाडौं। एएफसी यू-१९ च्याम्पियनसीप क्‍वालिफायर्सका लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट भएका छन्।

पहिलो चरणमा प्रशिक्षणमा बोलाइएका ४८ खेलाडीमध्ये मूख्य प्रशिक्षक मेघराज केसीले ३१ खेलाडीलाई अघिल्लो चरणमा राखेका हुन्।

१७ खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन्।

घरेलु मैदानमा साफ यू-१८ च्याम्पियनसीपमा खेलेका अधिकांश खेलाडी दोस्रो चरणमा अटाएका छन्।

क्‍वालिफायर्स ६ नोभेम्बरदेखि इरानमा हुँदैछ। नेपाल समूह डी मा छ। यस समूहमा युएई, इरान र कीर्गिस्तान छन्।

छनाेट भएका खेलाडीहरुको नामावली:

गोलकिपर: विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी, पुजन होना

डिफेन्डर: विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, अशिम गरुङ, एन्जल महर्जन, नविन गुरुङ, रोशन दोङ, विकास खवास, योगेश गुरुङ, विजय श्रेष्ठ, निराजन महर्जन

मिडफिल्ड: दर्शन गुरुङ, शिशिर लेखी, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, जय गूरुङ, मनिष थापा, नितिन थापा, अनिल महर्जन, दिनेश हेम्जन

फरवार्ड: ब्रिजेश चौधरी, निरज चौधरी, मनिष डाँगी, राजिव लोप्चन, रेजिन सुब्बा, दिपेश आले मगर

प्रतिक्रिया दिनुहोस्