डब्लुसिएलः लगातार तीन खेल जित्दै चितवन राइनोज क्वालिफायरमा, पोखराको तेस्रो हार

काठमाडौं। काजोल श्रेष्ठको अर्धशतक मद्दतमा चितवन राइनोजले वुमन च्याम्पियन्स लिग डब्लुसिएल टी–२० क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ।

सीता राना मगरको अर्धशतकलाई छायामा पार्दै काजोलले अर्धशतक बनाएपछि आज भएको खेलमा चितवनले पोखरा पल्टनलाई ७ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान पक्का गरेको छ।

चितवनले यसअघि क्याट क्वीन्स काठमाडौं र ललितपुर फाल्कन्सलार्ई पराजित गरेको थियो।

लगातार तेस्रो जितपछि चितवन ३ खेलबाट ६ अंक जोड्दै अंकतालिकामा शीर्ष स्थानमा छ।

लगातार तेस्रो खेलमा हार बेहोरेको पोखरा अंकबिहीन छ भने क्वालिफायर पुग्ने सम्भावना लगभग सकिएको छ।

पाँच टीम सहभागि यस लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनल पुग्नेछ भने लिगा दोस्रो र तेस्रो हुनेले फाइनल पुग्नका लागि एलमिनेटर खेल्नेछन्।

कीर्तिपुरस्थित टीयू मैदानमा पोखराले कप्तान सीता राना मगरको अर्धशतक मद्दतमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले ५ विकेट गुमाएर १२७ रन बनाएको थियो।

सीताले ५६ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा नटबउट ६५ रन बनाइन्। यस्तै मन्जुर कुमारी बोगटीले नटआउट २४ रन बनाइन्। बलिङमा चितवनकी कविता गौतमले २ विकेट लिइइन्।

१२८ रनको लक्ष्य पछ्याएको चितवनले शानदार शुरुवात गर्दे पहिलो विकेटका लागि अर्धशतकीय साझेदारीका साथ जितको आधार तयार पारेको थियो।

ओपनर काजोल श्रेष्ठ र कन्चन श्रेष्ठले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए।

काजोलले ४७ बल खेल्दा ५ चौकाको मद्दतमा ५१ रन बनाइन्। यस्तै कन्चनले २९ रन र कप्तान इन्दु बर्माले २४ रन योगदान गरिन्।

पोखराको लागि अन्जली चन्दले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन्।

प्रतिक्रिया दिनुहोस्