ला लिगा: रियल मड्रिडको अपराजित यात्रा टुंगियो, बार्सिलोनालाई फाइदा

काठमाडौं। स्पानिस ला लिगामा रियल मड्रिडले यस सिजनको पहिलो हार बेहोरेको छ।

८ खेलसम्म अपराजित रहेको रियल मालोर्कासँग पराजित भएको हो। गएराती भएको खेलमा रियल मड्रिड भने मालोर्कासँग १-० ले पराजित भएको छ। जसले गर्दा बार्सिलोना शीर्ष स्थानमै रहन सफल भएको छ।

९ खेलबाट बार्सिलोनाको १९ अंक छ भने रियलको १८ अंक छ। घरेलु मैदानमा लागो जुनियरले सातौँ मिनेटमा गरेको गोल नै मालोर्काको जितमा निर्णायक बन्यो।

७४औं मिनेटमा अल्भारो ओड्रिओजोलाले रातो कार्ड पाएपछि रियल दश खेलाडीमा झरेको थियो।

हिजो भएको खेलमा बार्सिलोनाले आइबरलाई ३-० ले पराजित गर्दै अंकतालिकामा रियललाई पछि पारेको थियो।

उक्त खेलमा बार्सिलोनाका कप्तान लिओनल मेसी, लुइस सुअरेज र एन्टोनी ग्रीजमनले गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्