प्रिमियर लिग: म्यानचेष्टर सिटी, चेल्सी र लेस्टर विजयी

काठमाडौं। प्रिमियर लिगमा साविक विजेता म्यानचेष्टर सिटी लण्डन क्लब चेल्सी र लेस्टर सिटीले जित हात पारेका छन्।

हिजो भएको खेलमा म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेको हो।

क्रिस्टलको घरेलु मैदानमा सिटीका लागि गाब्रीएल जेससले ३९औं र डेभिड शिल्भाले ४१औं मिनेटमा गोल गरे।

जितपछि ९ खेलबाट १९ अंकसहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ। तर एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलभन्दा सिटी अझै ५ अंकले पछि छ।

हिजै भएको खेलमा लेस्टर सिटीले बर्नलीलाई २-१ ले र चेल्सीले न्यूकास्टललाई १-० ले पराजित गरेका छन्। जितपछि दुवै टोलीको ९ खेलबाट समान १७ अंक छ। गोलअन्तरमा अगाडि रहेको लेस्टर तेस्रो स्थानमा छ।

घरेलु मैदान लेस्टरले एक गोलले पछि परेको स्थिती उल्टाउँदै जित हात पारेको हो।

क्रिस उडले गोल गर्दै बर्नलीलाई पहिले अग्रता दिलाएपनि पहिलो हाफको अन्तिम समयमा जेमी भराडीले लेस्टरका लागि बराबरी गोल फर्काए।

दोस्रो हाफमा युरी थिलेमन्सले निर्णायक गोल गरेपछि लेस्टरले ३ अंक जोडेको हो।

यस्तै मार्कोस अलोन्सोले दोस्रो हाफमा गरेको गोल मद्दतमा चेल्सीले जित हात पारेको हो।

प्रिमियर लिगमा आज राती शीर्ष स्थानमा लिभरपुल र यस सिजन खराब प्रदर्शन गरिरहेको म्यानचेष्टर युनाइटेडबीच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्