अष्ट्रेलियाको शारीरिक सुगठनमा नेपाली युवा ‘च्याम्पियन अफ च्याम्पियन’

काठमाडौं। अष्ट्रेलियामा भएकाे राज्यस्तरीय शारीरिक सुगठनमा नेपाली युवा प्रेमराज भट्ट च्याम्पियन अफ च्याम्पियन भएका छन्।

विश्व शारीरिक सुगठनअन्तर्गत न्यु साउथ वेल्स, अष्ट्रेलिया टाइटल २०१९ का लागि आज भएकाे फाइनलमा उनले पुरुष फिजिक्सतर्फ उपाधि जितेका हुन्।

प्रतिस्पर्धा लिभरपुलको क्याथलिक क्लबमा भएको थियाे।

याे सँगै भट्टले अष्ट्रेलियाको राष्ट्रिय खेलमा न्यु साउथ वेल्स राज्यका तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन्।

उनी नेपाली क्लबबाट फिटनेस नेपाल (क्याम्सी), सेप्स टु (काठमाडौं)बाट सहभागी भएका थिए।

पुरुष फिजिक्सतर्फ पहिलो पटक (बिगिनर) र सर्टहाइट (१७२ सेन्टिमिटर)मा प्रतिस्पर्धा गरेका भट्टले दुवैमा स्वर्ण पदक जितेका थिए।

त्यसपछि सबै समूहभित्र स्वर्ण जित्ने खेलाडीको प्रतिस्पर्धामा पनि उनी विजेता बन्दै च्याम्पियन अफ च्याम्पियन बनेका हुन्।

प्रतियोगितामा डेढ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

यसअघि थाइल्याण्डको चाङमइमा भएको १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जितेका थिए।

प्रतिक्रिया दिनुहोस्