प्रिमियर लिग : अन्तिम पाँच मिनेट अग्रता कायम राख्न नसक्दा युनाइटेडले लिभरपुलसँग अंक बाँड्यो
काठमाडौं । प्रिमियर लिगमा हिजो राति भएको खेलमा शीर्ष स्थानको लिभरपुल र म्यानचेष्टर युनाइटेडले १-१ बराबरी खेलेका छन्। यस सिजन लगातार ८ खेल जितेको लिभरपुरको जीतको श्रृंखला भने रोकिएको छ। युनाइटेडले खेलमा पहिले अग्रता लिएपनि अन्तिम पाँच मिनेटभित्र गोल फर्काउँदै लिग लिडर लिभरपुलले खेल बराबरी गरेको हो।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा मार्कुस रासफोर्डले ३६औं मिनेटमा डानिएल जेम्सको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता कायम रहेपनि अन्तिम समयमा गोल खाँदा युनाइटेड जितबाट बन्चित भयो।

८५औ मिनेटमा एन्डी रोवर्टसनको पासमा एडम लालानाले गोल गर्दै लिभरपुलको हार टारे। बराबरीपछि ९ खेलबाट २५ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा आसिन छ। उता यस सिजन खराब प्रदर्शन गरिरहेको युनाइटेड भने समान खेलबाट १० अंकसहित १३औं स्थानमा छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्