नेपालकाे यू-२३ फुटबल टाेलीले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं। सागको तयारीमा रहेको नेपालको यू-२३ फुटबल टीमले म्यानमार यू-२३ सँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपालले २५ अक्टोबरमा म्यानमारसँग खेल्नेछ।

खेल कतारको दोहामा हुनेछ।

नेपालको यू-२३ टीम नेपालमै हुने १३औं दक्षिण एशियाली खेलकुदको तयारीमा छ।

यस्तै म्यानमार साउथ इस्ट एशियन गेम्सको तयारीमा छ।

सागमा खेल्ने पुरुष टीममा तीनजना खेलाडी २३ वर्ष माथिका खेल्न पाउनेछन्।

नेपाली टोली खेलका लागि भाेलि, ५ कात्तिकमा दोहा जाने एन्फाले जनाएको छ।

यू-२३ टोलीका प्रशिक्षक बालगोपाल महर्जनले म्यानमारसँग खेल एक्सपोजरका लागि राम्रो हुने बताएका छन्।

“यो हाम्रो लागि ठूलो चुनौती हो र घरेलु मैदानमा हुने साग तयारीमा सहयोग पुग्नेछ,” महर्जनले भने।

नेपाली टोलीः

अनन्त तामाङ, अन्जन विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ, अर्पण कार्की, दीप कार्की, देव लिम्बु, विकास खवास, रोमन लिम्बु, नीति थापा, सेसेहाङ आङदम्बे, मिचछेन तामाङ, रामचन्द्र वाजी, प्रेजन तामाङ, रेजिन सुब्बा, राजवी लोप्चन, नवयुग श्रेष्ठ र सुमन अर्याल।

प्रतिक्रिया दिनुहोस्