डब्लुसीएलः कविता कुँवरको अर्धशतकमा पोखरा पल्टनको सान्त्वना जित

काठमाडौं। पोखरा पल्टनले वुमन च्याम्पियन्स लिग टी-२० क्रिकेटमा सान्त्वना जित हात पारेको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको लिगअन्तर्गत आज भएको अन्तिम लिग खेलमा पोखराले ललितपुर फाल्कोन्सलाई ६ विकेटले पराजित गरेको हो।

कविता कुँवर र विन्दु रावलले उत्कृष्ट ब्याटिङ गरेपछि पोखराले १२३ रनको लक्ष्य १७.२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो।

५ रन हुँदा ३ विकेट गुमाएको पोखराका लागि कविता र विन्दुले चौथो विकेटका लागि १०६ रनको साझेदारी गरे।

उत्कृष्ट ब्याटिङ गरेकी कविता कुँवरले नटआउट ६१ रन बनाइन्।

उनले ४२ बल खेल्दै १० चौका प्रहार गरिन्।

विन्दुले ४० रन बनाइन्।

बलिङमा ललितपुरका लागि ममता चौधरी र नेरी थापाले २ विकेट लिइन्।

त्यसअघि ललितपुरले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १२२ रन बनाएको थियो।

ललितपुरका लागि ममता चौधरीले नटआउट ५२ रन बनाइन् भने कविता जोशीले ३१ रन जोडिन्।

पोखराकी कप्तान सीता रानामगरले २ विकेट लिइन्।

प्रतिक्रिया दिनुहोस्