थाइल्याण्डमा नेपाली महिला भलिबल टीमको पहिलो हार

काठमाडौं । नेपालमा हुने १३औं सागको तयारी खेलका लागि विदेश भ्रमणमा रहेको महिला भलिबल टीमले थाइल्याण्डमा भएको अभ्यास खेलमा पहिलो हार व्यहोरेको छ।

यसअघि लगातार दुई अभ्यास खेल जितेको नेपाली टोली आज नाकोरनोन्ट यू–१८ टोलीसँग ३-० को सेटमा पराजित भएको हो। नाकोरनोन्ट यू–१८ टोलीसँग नेपाल २५-१८, २६-२४, २५-२० ले पराजित भएको हो।

प्रशिक्षण र अभ्यास खेलको लागि नेपाली टोली ३० असोजमा थाइल्याण्ड गएको थियो।

थाइल्याण्डमा करीब तीन साताको अभ्यास र केही मैत्रीपूर्ण खेलपश्‍चात टोली नेपाल फर्कनेछ।

बाङ्लादेशमा आयोजना हुने प्रथम एभीसी एशियन सिनयर वुमन सेन्ट्रल जोन भलिबल च्याम्पियनसीप र नेपालमै १३औं दक्षिण एशियाली खेलकुद (साग) का लागि थाइल्याण्ड टूरले सहयोग पुग्ने नेपाल भलिबल संघको विश्वास छ।

पहिलो पटक हुन लागेको महिलाको सेन्ट्रल जोन च्याम्पियनसीप २२-२७ कात्तिकसम्म ढाकामा सञ्चालन हुनेछ। यस्तै १३औं साग १५-२४ मंसीरमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्