धनगढीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुँदै
कैलाली। धनगढीमा विद्यालयस्तरीय राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।

संस्कार क्रिकेट एकेडेमीले १६ कात्तिकदेखि २६ कात्तिकसम्म निस्ट कलेज लिटल फ्लावर प्रिमियर लिग–४ क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको हो।

प्रतियोगिता संघीय प्रहरी इकाइको मैदानमा हुने संस्कार एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए।

लिगकम नकआउट फम्र्याटमा हुने प्रतियोगिताको विजेता टीमले दुई लाख रुपैयाँसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ दी म्याचले एक हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा कैलाली, बाँके, कञ्चनपुर, काठमाडौं, भक्तपुरका १२ विद्यालयहरूको सहभागिता रहनेछ।

टीममा सोही विद्यालयका कक्षा १० सम्म अध्ययनरत १० खेलाडी र चारजना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी हुनुपर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजकको भनाइ छ।

विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको एकेडेमी अध्यक्ष शाहीले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्