दक्षिण एसियाली यू–१६ नेटबल: श्रीलंकालाई उपाधि
काठमाडौं । पहिलो संस्करणको दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिपको उपाधि श्रीलंकाले जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको फाइनलमा भारतलाई ४२–२८ ले हराउँदै श्रीलंकाले उपाधि जितेको हो ।

पहिलो क्वार्टरमा ८–८ को बराबरी खेलेको श्रीलंकाले दोस्रो क्वार्टरमा १६–४ को अग्रता बनाएको थियो । यस्तै तेस्रोमा ११–८ ले अग्रता बनाएको श्रीलंका अन्तिम क्वार्टरमा भने ७–८ ले पछि परेको थियो ।

श्रीलंकालाई प्रभावशाली जित दिलाउन प्लेयर अफ दी म्याच हिरोनी हिसानीले २५ अंकको योगदान गरिन् । च्याम्पियनसिपमा घरेलु टोली नेपाल भने चौथो स्थानमा सिमित भयो । तेस्रो स्थानका लागि मंगलबार नै भएको खेलमा नेपाल माल्दिभ्ससँग ३५–१८ ले पराजित भएको थियो ।

माल्दिभ्सकी अइसाथ नुमी नासिर एक्लैले ३० अंक बटुलिन् । च्याम्पियनसिपमा श्रीलंकाकी नेथमी दिननायके सर्वोकृष्ट खेलाडी बनेकी छिन् । श्रीलंकालाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी नेथमी प्लेअर अफ दी च्याम्पियनसिप चुनिएकी हुन् । श्रीलंकाकै हिरोनी हिसानी सर्वाधिक स्कोरकर्ता बनिन् । उनले च्याम्पियनसिपमा एक सय ५८ अंक जोडेकी थिइन् ।

माल्दिभ्सकी मिस्का अफराह हसन बेस्ट डिफेन्डर घोषित भइन् । विजेतालाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आयोजक नेपाल नेटबल संघका अध्यक्ष मोहनबहादुर बस्नेतलगायतले पुरस्कार प्रदान गरेका थिए ।

नेपाल नेटबल संघको आयोजनामा भएको च्याम्पियनसिपमा आयोजक नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्स सहभागी थिए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्