काठमाडौं। मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ। आज बस्ने मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव नियुक्त गर्ने लगभग पक्का छ।
यसअघि बिहिवार नियुक्त हुने भनिए त्यो दिन मन्त्रिपरिषद्को बैठक बसेन।
सदस्यसचिवको होडमा रहेका तीन प्रतिस्पर्धीमध्ये रमेशकुमार सिलवाललाई नियुक्त गर्ने प्रबल सम्भावना छ।
युवा तथा खेलकुद मन्त्रालयले राखेपको सदस्यसचिवका लागि सिलवालसहित अञ्जु श्रेष्ठ र लिलबहादुर थापामगरको नाम सिफारिस गरेको छ।
मन्त्रालयद्वारा गठित सिफारिस समितिले दरखास्त परेका २७ मध्येबाट सिलवाल, श्रेष्ठ र थापामगरलाई राखेपको सदस्यसचिवका लागि सिफारिस गरेको थियो।
तीनजनामध्ये सिलवाल निवर्तमान सदस्यसचिव हुन्। उनी प्रधानमन्त्री केपी ओली निकट मानिन्छन्। १३औं दक्षिण एसियाली खेलुकद (साग) समयमै सम्पन्न गरेर उनले प्रधानमन्त्री ओलीको विश्वास जितेका छन्।
नयाँ खेलकुद विकास ऐन ल्याउनेक्रममा राखेपसँग छलफल नगरेको भन्दै असन्तुष्ट सिलवालले दरखास्त दिएर सदस्यसचिव नहुने शुरूमा बताउँदै आएका थिए। सदस्यसचिवमा दोहरिने आश्वासन पाएरै सिलवालले दरखास्त दिएका हुन्।
सिलवालले साथीहरूको जोडबलमा दरखास्त दिएको बताएका छन्। त्यसैले कुनै चमत्कारिक घटना नभए सिलवाल सदस्यसचिव हुने पक्का छ।
सदस्यसचिवको प्रतिस्पर्धी थापामगर नेकपा केन्द्रीय कमिटी सदस्य हुन्। थापामगरलाई नेकपामा ओलीइतरको समर्थन छ। महिला कोटामा समेटिएकी श्रेष्ठ पूर्व भलिबल खेलाडी हुन्।
" /> काठमाडौं। मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ। आज बस्ने मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव नियुक्त गर्ने लगभग पक्का छ।यसअघि बिहिवार नियुक्त हुने भनिए त्यो दिन मन्त्रिपरिषद्को बैठक बसेन।

">