सन् २००९ मा एसीसी टी–२० कपका लागि नेपाली टोली घोषणा हुँदा कप्तानमा पारस खड्काको नाम आयो । तत्कालीन कप्तान विनोद दासको स्थानमा युवा अलराउण्डर पारसलाई कप्तानको भूमिका दिइएको थियो।
नेपाली टिम नै नयाँ नेतृत्व खोजीमा अग्रसर हुँदैगरेका बेला अरुण अर्यालको नेतृत्वमा रहेको छनोट समितिले पारसलाई कप्तानको भूमिका दिएको थियो । त्यसबेला पारस यू–१९ विश्वकप खेलेर उमेर समूहबाट भर्खर ‘ग्राजुएट’ भएका थिए।
उमेर २२ वर्ष मात्र थियो । पारस सिनियर टिमको कप्तान चयन हुँदा नेपाली टोलीमा विनोद दास, शक्ति गौचन, मेहबुब आलम, बसन्त रेग्मी जस्ता सिनियर खेलाडी पनि थिए।
नयाँ चुनौती स्वीकार गरेका पारसले उनीहरु सबैलाई नेतृत्व गरे ।
त्यसयता पारसको नेतृत्वमा नेपाली क्रिकेटले करिब एक दशक पार गरेको छ । यो एक दशकमा नेपाली क्रिकेटले धेरै आरोह अवरोह आत्मसात गर्यो । सबभन्दा महत्वपूर्ण, एकपछि अर्को सफलता हात पार्याे ।
“पारस नेपाली क्रिकेटले जन्माएका अहिलेसम्मकै फाइनेस्ट खेलाडी हुन् र अहिलेसम्मका सफल कप्तान पनि हुन् भनेर मैले प्रमाण दिइरहनै पर्दैन”, पारसले राष्ट्रिय टिममा डेब्यु गर्दा ‘टिममेट’ रहेका र पछि पारसकै कप्तानीमा खेलेका पूर्वकप्तान विनोद दास भन्छन्, “१० वर्ष आफैमा लामो समय हो । अन्तराष्ट्रिय क्रिकेटमा यो चानचुन समय होइन ।”
पारसले राष्ट्रिय टोलीबाट खेल्न थालेको पनि डेढ दशक पुगिसकेको छ ।
नेपाली टोलीबाहेक उनले बेलायतको मेरिलिबोन क्लब (एमसीसी) बाट पनि खेले । त्यसक्रममा भारतीय क्रिकेट स्टार र इङल्याण्डका पूर्वकप्तान उनका ‘टिममेट’ थिए । पारसले क्यानडाको ओन्टारिओ क्रिकेट क्लबका लागि समेत खेलेका थिए।
पारसलाई एसोसिएट क्रिकेट राष्ट्र मध्येकै उत्कृष्ट कप्तानको रुपमा चर्चा गरिन्छ।
सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकप खेलेर आएपछि राष्ट्रिय टोलीका खेलाडीले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध आवाज उठाउँदा पारसले त्यसको पनि नेतृत्व गरेका थिए।
“पारस उत्कृष्ट कप्तान रहेकोमा कुनै विवाद छैन, उनले आफ्नो भूमिकालाई सक्दो न्याय गरेका छन्”, राष्ट्रिय टोलीका पूर्व कप्तान पवन अग्रवाल भन्छन । यदि पारस कप्तान नभएर अरु नै कप्तना भएको भए अहिले जस्तै नतिजा आउँथ्यो होला त ? अग्रवाल भन्छन्, “त्यो हाइपोथेटिकल विषय हो।”
कप्तानीको स्वर्णिम दशक
पारसले सन् २००४ मा इन्टरकन्टिनेन्टल खेल मार्फत् नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। त्यसको दुई वर्षपछि नेपालको यू–१९ टोलीले यू–१९ विश्वकपमा दक्षिण अफ्रिका र न्यूजिल्याण्ड जस्ता टेष्ट राष्ट्रका युवा टोलीलाई पराजित गर्यो । पारस त्यो टोलीका सदस्य थिए ।
त्यसपछि उनले २००८ को यू–१९ विश्वकप खेले।
अर्को वर्ष पारस राष्ट्रिय टिमको कप्तान चयन भए, तत्कालीन कप्तान विनोद दासलाई प्रतिस्थापन गरेर ।
नेपालले अन्तर्रा्ष्ट्रिय क्रिकेट खेल्न थालेको अढाई दशक हुँदै गर्दा त्यसमध्येको एक दशक पारसले कप्तानकै रुपमा बिताइसकेका छन् ।
पूर्व कप्तान दासको भनाईले पनि पारस निसंकोच क्रिकेटमा नेपालको नेतृत्व हाँक्ने सर्वोत्कृष्ट खेलाडी हुन् भन्ने पुष्टि गर्छ।
सन् २००९ मा युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको एसीसी टी–२० कपको लागि उनै युवा खेलाडी पारसको कप्तानीमा टोली चयन गरिएको थियो। त्यसबेला पारसले नेतृत्व गर्न सक्ने÷नसक्नेबारे बहस चले पनि पारसले लगातार एक दशक कप्तानी गरेर त्यसलाई प्रमाणित गरिसकेका छन्। “विनोद दासको आफ्नै रेपुटेसन हुँदा पनि पारसलाई कप्तान बनाउनु सजिलो भने थिएन”, पवन भन्छन्।
नेपाली टोलीका सर्वाधिक भरपर्दा अलराउण्डर पारसले नेपालको सिनियर टोलीको कप्तानी गरेको एक दशकमा नेपालले नेपाली क्रिकेटले थुप्रै उतारचढाव व्यहोर्यो ।
“१० वर्ष निरन्तर कप्तानी गर्नु नै ठूलो उपलब्धि हो, नेपाललाई डिभिजन ५ बाट ओडिआई (वानडे इन्टरनेशनल) स्टाटससम्म पुर्याउनु, एक दशकमा आफैले पनि नेतृत्व र खेलाडी दुवै रुपले राम्रो गर्नु प्रमाणित तथ्य हो”, दास भन्छन्, “नेपालले अहिलेसम्म पाएको सबभन्दा सफल कप्तान र खेलाडी पारस नै हो।”
टी–२० विश्वकप छनोट र सहभागितादेखि पहिलो पटक ओडिआईको मान्यता पारसकै कप्तानीमा भयो। नेपालले टी–२० इन्टरनेशनल र ओडिआई सिरिज पनि पारसकै कप्तानीमा जित्यो। क्रिकेट विश्लेषकहरु भन्छन्– नेपाली क्रिकेटमा पारस ‘मोस्ट डेकोरेटेस प्लेअर’ हुन्।
कलिलो युवा उमेरमै सिनियर टिमको कप्तानी गर्दा पारसलाई शुरूमा बोझ थोपरिएको जस्तो लाग्थ्यो । तर, उनी आफैले त्यसलाई सही ढंगले उचाइमा पुर्याए ।
“पारसको कप्तानीमा नेपालले पहिलो टुर युएईमा गरेको थियो, त्यसबेला हामीले मलेसियासँग पनि हार्यौं, तर त्यो पारसको नेतृत्वले नभई हाम्रो प्रदर्नश नराम्रो नहुनुको कारणले थियो”, दास भन्छन्, “नेपाली क्रिकेटले पारसलाई आफ्नो भूमिकामा अभ्यस्त हुन समय पनि दियो । त्यसपछि नतीजा पनि देखियो । हामी खुड्किला ढ्दै गयौँ।”
त्यसपछि विश्व क्रिकेट लिगको संरचना शुरु भयो । “हामी विस्तारै त्यो खुड्किलो पनि चढ्दै गयौँ। सही समयमा पारसलाई प्रदर्शनले पनि सहयोग गर्यो । जब परफर्मिङ कप्तान हुन्छ, टिमलाई ठूलो सपोर्ट हुन्छ। आफूलाई एज ए कप्तान पनि टिमसँग डिल गर्न सजिलो हुन्छ।”
पारसले खेलाडी र कप्तान दुवै भूमिकामा आफूलाई अब्बल सावित गरेका छन् ।
“सबै कुरा सही ठाउँमा हुँदा पनि पारसलाई सहयोग भयो” उनी भन्छन्, “तर, उसले जुन स्थान बनाएको छ, ऊ त्यसका लागि डिजर्भ गर्छ ।”
पूर्वकप्तान पवन अग्रवालका अनुसार पारससँग एउटा सफल कप्तानमा हुनुपर्ने ‘लिडिङ फ्रम फ्रन्ट’ खुबी छ । “आवश्यक परेको बेला अंगगणित हेरेर रिस्क लिन्थे। उनले टिमबाट पनि सम्मान पाएका छन्”, उनी भन्छन्, “यी सबै विशेषताले नै पारसलाई सफल कप्तान बनाएका हुन् ।”
पारस र नेपाली क्रिकेट: एक अर्काका पर्याय
केही कीर्तिमान अरु खेलाडीको व्यक्तिगत नाममा रहे पनि नेपाली क्रिकेट उच्चारण हुँदा सुरुमै आउने नाम हो– पारस । किनभने, उनले धेरै खेल एक्लै जिताएका छन् । कैयौं खेलमा सही कप्तानी भूमिका बहन गरेका छन् । यसले उनको समयमै निर्णय लिन सक्ने र चुनौतीसँग जुध्ने क्षमता पनि देखाउँछ ।
नेपालले २०१८ को मार्चमा ओडिआई स्टाटस पाएपछि अगष्टमा नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक ओडिआई सिरिज खेलेको थियो।
पहिलो खेलमा दुई सयभन्दा कमको लक्ष्य पार गर्न नसकेको नेपालले दोस्रो खेलमा भने आफूले दिएको लक्ष्य ‘डिफेण्ड’ गर्दै डच टोलीविरुद्ध १ रनको रोमाञ्चक जित हात पारेको थियो। सो खेलको अन्तिम ओभर पारसले नै बलिङ गरेका थिए । इनिङ्सको अन्तिम ओभरमा उनले ५ रन डिफेण्ड गरेका थिए। नेदरल्याण्ड्सलाई जतका लागि ६ बलमा ६ रन चाहिएको बेला पारसले ४ रन मात्र खर्चेर एक रनआउट समेत गरे।
“क्रिकेटमा मैदान भित्र र बाहिर पनि कप्तानको भूमिका महत्वपूर्ण हुन्छ, हरेक एक्टिभिटीमा कप्तानको भूमिका हुन्छ”, दास भन्छन्, “कसलाई बलिङ गराउने, कसलाई कति नम्बरमा ब्याटिङ गराउने, कुन बेलामा के रणनीति तय गर्ने, खेलाडीलाई के मेसेज पठाउने भन्ने रोल कप्तानकै बढी हुन्छ । त्यसमा पारस सफल सावित भएको छ ।”
टी २० मा कीर्तिमान
टेस्ट बाहेक नेपालले खेलेका क्रिकेटका पाँच वटै फर्म्याटमा पारसले खेलिसकेका छन्। डेब्यु खेलमै फस्र्ट क्लास क्रिकेट खेलेका पारसले त्यसपछि टी–२०, लिस्ट ए, टी–२० इन्टरनेशनल र ओडिआई फर्म्याटमा खेले।
फस्र्ट क्लास बाहेकका अन्य चार फर्म्याटमा उनले कप्तानी गरे।
चारमध्ये टी–२० मा पारसले कीर्तिमानी प्रदर्शन गरेका छन्। सबभन्दा धेरै रन हान्ने देखि व्यक्तिगत उच्च स्कोर समेत पारसको नाममा छ।
पारस टी–२० इन्टरनेशनलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन्। टी–२० इन्टरनेशनलमा उच्च स्कोर पारसकै नाममा छ। मलेसिया विरुद्ध उनले नटआउट ८६ रन बनाएका थिए। पारसले २० खेलमा १९ इनिङ्स ब्याटिङ गर्दै ५०७ रन बनाएका छन्, जसमा ३ अर्धशतक समावेश छ।
यस्तै, टी–२० मा उच्च साझेदारीको कीर्तीमान पनि पारस र शरदको नाममा छ। सन् २०१४ को विश्वकपमा पारस र शरदले बंगलादेश विरुद्ध चौथो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए। पहिलो विकेटका लागि नेपालको कीर्तिमानी साझेदारी पनि पारस र ज्ञानेन्द्र मल्लको नाममा छ । यो जोडीले सिंगापुरमा भएको टी–२० विश्वकप क्वालिफायर एसिया फाइनलमा ६९ रनको ओपनिङ साझेदारी गरेको थियो ।
त्यसैगरी, आइसीसीको टी–२० इन्टरनेशनल वरीयतामा पारस नेपालबाट सबभन्दा अगाडि छन्। अलराउण्डरतर्फ उनी विश्वकै चर्चित र उत्कृष्ट खेलाडीहरुलाई पछि पारेर २५औं स्थानमा पुग्न सफल भएका छन्। ब्याट्सम्यानतर्फ भने उनी ६६औं स्थानमा छन्।
ओडिआईमा पनि पारस नेपालका लागि धेरै रन बनाउने खेलाडी हुन्। उनले ६ खेलबाट १ शतक र १ अर्धशतकसहित कूल २३५ रन बनाएका छन्।
कप्तानबाट हटाउने खेल
यो बीचमा पारसलाई कप्तानबाट हटाउने चर्चा समेत चल्यो । सन् २०१४ मा टी–२० विश्वकप खेलेपछि नेपाली टोलीबाट अपेक्षा ह्वात्तै बढेको थियो । तर, २०१६ को विश्वकपका लागि भएको छनोटमा नेपालले बिर्सन लायक प्रदर्शन गर्यो । त्यसबाट नेपाली टोलीसँगै पारसको समेत ठूलो आलोचना भयो ।
उनलाई कप्तानबाट हटाइनुपर्छ भन्ने आवाज क्रिकेट वृत्तबाटै उठ्यो । तर, न त्यसले पारसलाई हल्लाउन सक्यो न पारसले नै कप्तानी छाडे। बरु कप्तानमा निर्विकल्प रहिरहे ।
पूर्वकप्तान दास त्यसबेला नेपाली टोलीमा नेतृत्व लिन सक्ने अरु धेरै भए पनि पारस नै सबभन्दा उपयुक्त भएकाले उनकै कप्तानीले निरन्तरता पाएको बताउँछन् । “यो गर्वको कुरा हो कि हामीसँग तीन चारजना बेस्ट लिडर एकैपटक थिए”, उनी भन्छन्, “त्यसले गर्दा पनि पारसलाई टिममा डिसिजन गर्न सजिलो भयो । मलाई लाग्छ, सबै लिडरहरुमध्ये पनि बेस्ट पारस नै हो ।”
को आउला पारसपछि
नेपाली राष्ट्रिय क्रिकेट टोलीका वर्तमान कप्तान पारससहित पाँच जना खेलाडी सन् २००० को दशकको पुस्ताका हुन् । पारस लगायत उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषावकर र विनोद भण्डारीले अघिल्लो दशकबाटै नेपालको सिनियर टोलीबाट खेल्न थालेका हुन्।
अर्थात्, पारससहितको एउटा पुस्ता नै अब आफ्नो करिअरको उत्तराद्र्धमा पुगेको छ । यही पुस्ता हो, जसले नेपाली क्रिकेटमा आशा जगायो । सफलता भित्र्यायो । यो पुस्तापछिको नेतृत्व कसले गर्ला भन्ने चर्चा क्रिकेट वृत्तमा हुन थालिसकेको छ ।
पारस स्वयम्ले पनि आफू अब लामो समय कप्तान र राष्ट्रिय टोलीमा रहन नसक्ने संकेत गरिसकेका छन् । देखापढीसँगको कुराकानीमा उनले भने, “यो समयले गर्ने हो । तर, कोहीलाई नयाँ कप्तानको रुपमा विकास गर्ने र उसलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रियामा म गइसकेको छु ।”
जसरी पारसले यू–१९ पार गर्ने बित्तिकै राष्ट्रिय टिम सम्हाल्ने अवसर पाए । त्यसपछि भने यो प्रक्रिया रोकिएको छ ।
पारस र ज्ञानेन्द्रले एउटै उमेर समूहबाट खेलेकाले सँगै राष्ट्रिय टिममा स्थान बनाए। यो पुस्तापछि पनि उमेर समूहमा नेपालका लागि धेरै खेलाडीले कप्तानी गरिसकेका छन्।
पारसपछि उमेर समूहमा पृथु बास्कोटाले कप्तानी गरे। पृथुलाई भविष्यमा राष्ट्रिय टिमको कप्तानी गर्न सक्ने खेलाडीको रुपमा हेरिन्थ्यो । तर उमेर समूहमा खेल्दादेखि नै लागेको चोट र निरन्तर चोटसँग संघर्ष गर्नु परेपछि पृथुले क्रिकेट करिअरलाई समेत राम्रोसँग अघि बढाउन सकेनन्।
पृथुपछि भुवन कार्की, राजु रिजाल, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, मोहम्मद आसिफ शेख लगायतले यू–१९ टोलीको कप्तानी गरिसकेका छन्। राष्ट्रिय टोलीका नियमित सदस्य रोहित कुमार पौडेलले हाल यू–१९ टोलीको कप्तानी गरिरहेका छन्।
ओडिआई क्रिकेटमा सबभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने विश्व कीर्तिमान बनाइसकेका रोहितले नेपाललाई तीन वटा प्रतियोगितामा कप्तानी गरिसकेका छन्।
“पारस लगायत खेलाडीको रिप्लेसमेन्ट हेर्ने हो भने जसरी हामीले उनीहरुलाई समय दियौँ, अरु प्लेयरलाई पनि त्यसरी नै समय दिनुपर्ने हुन्छ”, पूर्वकप्तान दास भन्छन्, “रोहित, सन्दीप, दिपेन्द्र लगायतलाई तपाइँ जति सिनियर सेटअपमा समय दिनुहुन्छ, उनीहरुलाई जति बढी जिम्मेवारी दिनुहुन्छ, उनीहरु विस्तारै त्यसका लागि तयार हुँदै जान्छन् । मलाई आशा छ, उनीहरुले पनि त्यो सेटअप पाऊन् र नयाँ खेलाडीलाई ग्रुम गर्न पनि सजिलो होस् ।”
राष्ट्रिय टोलीबाट सफलता चाखिसकेका रोहित आफ्नो भूमिकामा आत्मविश्वासी देखिन्छन् । सिनियर र जुनियर जुनसुकै टिमबाट खेल्दा पनि रोहितको उत्साह उस्तै देखिन्छ।
यू–१९ टोलीका प्रशिक्षक समेत रहेका पूर्वकप्तान दास रोहितमा नेतृत्व गर्न सक्ने क्षमता देख्छन्। प्रशिक्षक बनेपछि उनले कप्तानीको भूमिकामा पनि खेलाडीहरुलाई रोटेसन गराइरहेका छन्। सन्दीप, दिपेन्द्र, आसिफ, रोहित सबैलाई उनैले कप्तान बनाए।
“पारस जस्तै कप्तान बन्न समय लाग्छ, किनभने उनले पनि पहिलो प्रतियोगितामा हार व्यहोरे, मलेसियासँगको त्यो प्रतियोगितामा हामी हार्यौं”, दास भन्छन्, “तर, त्यो कप्तानी नराम्रो नभई हाम्रो प्रदर्शन राम्रो हुन नसकेर थियो। हार व्यहोरे पनि हामीले उनलाई सपोर्ट गर्यौं ।”
पारसको विकल्प तयार पार्ने क्रममा अहिले यू–१९ समूहमा अभ्यास शुरु गरिएको छ । नेतृत्व क्षमता के कति छ ? कसरी टिम ह्याण्डल गर्न सक्छ ? परिस्थितिलाई कसरी ह्याण्डल गर्छ ? ट्याक्टिकल पार्ट कस्तो छ ? लगायतका कुरा हेर्न थालिएको छ । “रोहित त्यसको पार्टमा छ”, दास भन्छन्, “पहिला सन्दीप र दिपेन्द्र थियो। अहिले पवन पनि त्यही सेटअपमा आइरहेको छ।”
नेतृत्व लिन सक्ने खेलाडीमा एउटै क्षमता भएर पुग्दैन । “हाम्रो काम भनेको खेलाडीको तयारीमा हेल्प गर्ने हो, भोलि गएर को कप्तान हुन्छ भन्ने उनीहरुमा भर पर्छ। गेमको नलेजदेखि पब्लिक रिलेसनसम्म धेरै विषय छन्। उनीहरुमध्ये जसले राम्रोसँग गर्न सक्छ, नेतृत्व पनि उसैले गर्छ ।”
पारस कप्तान बन्दाको समय र अहिलेको समयमा धेरै नै फेरबदल भइसकेको छ । “यदि कसैले पारस जस्तै १० वर्ष कप्तानी गर्नुछ भने समयअनुसार अगाडि बढ्न सक्नुपर्छ”, उनी भन्छन्, “१० वर्ष पहिले र अहिलेको पारसमा धेरै फरक छ। त्यत्तिकै पारस यो अवस्थामा आएको होइन अरु खेलाडीले पनि यो बुझ्नु जरुरी छ।”
पूर्वकप्तान पवन अग्रवाल भने तत्कालै पारसको विकल्प देख्दैनन्। उनी भन्छन्, “स्पष्ट भन्नुपर्दा अहिलेको सन्दर्भमा मैले पारसको रिप्लेसमेन्ट देखेको छैन।”
‘पारस पुस्ता’को ढल्कँदो उमेरसँगै विकल्प खोज्ने बेला भने हुन थालिसकेको छ ।
तस्वीरहरुः आईसीसी, एसीसी, ईएसपीएन ।
" /> सन् २००९ मा एसीसी टी–२० कपका लागि नेपाली टोली घोषणा हुँदा कप्तानमा पारस खड्काको नाम आयो । तत्कालीन कप्तान विनोद दासको स्थानमा युवा अलराउण्डर पारसलाई कप्तानको भूमिका दिइएको थियो।नेपाली टिम नै नयाँ नेतृत्व खोजीमा अग्रसर हुँदैगरेका बेला अरुण अर्यालको नेतृत्वमा रहेको छनोट समितिले पारसलाई कप्तानको भूमिका दिएको थियो । त्यसबेला पारस यू–१९ विश्वकप खेलेर उमेर समूहबाट भर्खर ‘ग्राजुएट’ भएका थिए।

">