काठमाडाैं। लिभरपुलले नयाँ सिजन प्रिमियर लिग लगातार छैटौं जित हात पार्दै अपराजित यात्रा कायम राखेको छ। ५ असोजमा भएको खेलमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई २-१ ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको हो।

लगातार ६ खेल जितेको लिभरपुल १८ अंकसहित शीर्ष स्थानमा छ र दोस्रो स्थानको म्यानचेष्टर सिटीभन्दा ५ अंकले अगाडि छ।

चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले २०औं मिनेटमा गोल गर्द चेल्सीलाई अग्रता दिलाएका थिए। २७औं मिनेटमा चेल्सीका कप्तान सेजार अज्प्लिकुएटाले बराबरी गोल पर्काएपनि भिएआरले त्यसलाई मान्यता दिएन। ३०औं मिनेटमा रोवर्टो फिर्मनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे।

पहिलो हाफमा दुई गोलले पछि परेको चेल्सिको लागि दोस्रो हाफमा एनगोलो कान्टेले एक गोल फर्काए। कान्टेले ७१औं मिनेटमा गोल गर्दै गोलअन्तर कम गरे। तर त्यसपछि भने चेल्सिले गोल फर्काउन सकेन र लिभरपुल विजयी भयो।

हारपछि चेल्सि ६ खेलबाट ८ अंकसहित ११औं स्थानमा छ।

उता अर्को लण्डन क्लब आर्सनलले भने एस्टन भिल्लामाथि ३-२ को नाटकीय जित निकाल्दै चौथो स्थानमा उक्लेको छ। घरेलु मैदान एमिरेट्स स्टेडियममा दुई पटक पछि परेको आर्सनलले एक खेल कम हुनुका बावजुद ३ गोल फर्कायो। आर्सनलले ६ खेलबाट ११ अंक जोडेको छ।

२०औं मिनेटमा जोन म्याक्गिनले गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाए। ४१औं मिनेटमा मेइटल्याण्ड नाइल्स रातो कार्ड खाँदै मैदान बाहिरिँदा आर्सनललाई अर्को धक्का लाग्यो। तर ४९औं मिनेटमा प्राप्त पेनाल्टीमा पेपेले आर्सनलका लागि बराबरी गोल फर्काए। ६०औं मिनेटमा वेस्लेले गोल गर्दै एस्टन भलल्लाई फेरी अग्रता दिलाए। ८१औं मिनेटमा कलुम च्याम्बर्सले आर्सनलका लागि बराबरी गोल फर्काए।  त्यसको ३ मिनेटपछि पिएरे एमरिक ओवामेयाङले निर्णायक गोल गर्द आर्सनललाई जित दिलाएका हुन्।

यस्तै अर्को लण्डन क्लब वेष्टहमले म्यानचेष्टर युनाइटेडलाई २-० ले पराजित गर्दै आर्सनल र लेस्टर समान ११ अंक जोडेको छ। गोलअन्तरमा दुवै क्लबभन्दा पछि रहेको वेष्टहम पाँचौ स्थानमा छ। वेष्टहमका लागि एन्डी यर्मालेन्कोले ४४औं र आरोन क्रेसवेलले ८४औं मिनेटमा गोल गरे।

तस्वीर : इपीएल

" /> काठमाडाैं। लिभरपुलले नयाँ सिजन प्रिमियर लिग लगातार छैटौं जित हात पार्दै अपराजित यात्रा कायम राखेको छ। ५ असोजमा भएको खेलमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई २-१ ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको हो।

लगातार ६ खेल जितेको लिभरपुल १८ अंकसहित शीर्ष स्थानमा छ र दोस्रो स्थानको म्यानचेष्टर सिटीभन्दा ५ अंकले अगाडि छ।

चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले २०औं मिनेटमा गोल गर्द चेल्सीलाई अग्रता दिलाएका थिए। २७औं मिनेटमा चेल्सीका कप्तान सेजार अज्प्लिकुएटाले बराबरी गोल पर्काएपनि भिएआरले त्यसलाई मान्यता दिएन। ३०औं मिनेटमा रोवर्टो फिर्मनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे।

पहिलो हाफमा दुई गोलले पछि परेको चेल्सिको लागि दोस्रो हाफमा एनगोलो कान्टेले एक गोल फर्काए। कान्टेले ७१औं मिनेटमा गोल गर्दै गोलअन्तर कम गरे। तर त्यसपछि भने चेल्सिले गोल फर्काउन सकेन र लिभरपुल विजयी भयो।

हारपछि चेल्सि ६ खेलबाट ८ अंकसहित ११औं स्थानमा छ।

उता अर्को लण्डन क्लब आर्सनलले भने एस्टन भिल्लामाथि ३-२ को नाटकीय जित निकाल्दै चौथो स्थानमा उक्लेको छ। घरेलु मैदान एमिरेट्स स्टेडियममा दुई पटक पछि परेको आर्सनलले एक खेल कम हुनुका बावजुद ३ गोल फर्कायो। आर्सनलले ६ खेलबाट ११ अंक जोडेको छ।

२०औं मिनेटमा जोन म्याक्गिनले गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाए। ४१औं मिनेटमा मेइटल्याण्ड नाइल्स रातो कार्ड खाँदै मैदान बाहिरिँदा आर्सनललाई अर्को धक्का लाग्यो। तर ४९औं मिनेटमा प्राप्त पेनाल्टीमा पेपेले आर्सनलका लागि बराबरी गोल फर्काए। ६०औं मिनेटमा वेस्लेले गोल गर्दै एस्टन भलल्लाई फेरी अग्रता दिलाए। ८१औं मिनेटमा कलुम च्याम्बर्सले आर्सनलका लागि बराबरी गोल फर्काए।  त्यसको ३ मिनेटपछि पिएरे एमरिक ओवामेयाङले निर्णायक गोल गर्द आर्सनललाई जित दिलाएका हुन्।

यस्तै अर्को लण्डन क्लब वेष्टहमले म्यानचेष्टर युनाइटेडलाई २-० ले पराजित गर्दै आर्सनल र लेस्टर समान ११ अंक जोडेको छ। गोलअन्तरमा दुवै क्लबभन्दा पछि रहेको वेष्टहम पाँचौ स्थानमा छ। वेष्टहमका लागि एन्डी यर्मालेन्कोले ४४औं र आरोन क्रेसवेलले ८४औं मिनेटमा गोल गरे।

तस्वीर : इपीएल

"> प्रिमियर लिग : लिभरपुलको लगातार छैठौं जित: Dekhapadhi
प्रिमियर लिग : लिभरपुलको लगातार छैठौं जित
काठमाडाैं। लिभरपुलले नयाँ सिजन प्रिमियर लिग लगातार छैटौं जित हात पार्दै अपराजित यात्रा कायम राखेको छ। ५ असोजमा भएको खेलमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई २-१ ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको हो।

लगातार ६ खेल जितेको लिभरपुल १८ अंकसहित शीर्ष स्थानमा छ र दोस्रो स्थानको म्यानचेष्टर सिटीभन्दा ५ अंकले अगाडि छ।

चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले २०औं मिनेटमा गोल गर्द चेल्सीलाई अग्रता दिलाएका थिए। २७औं मिनेटमा चेल्सीका कप्तान सेजार अज्प्लिकुएटाले बराबरी गोल पर्काएपनि भिएआरले त्यसलाई मान्यता दिएन। ३०औं मिनेटमा रोवर्टो फिर्मनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे।

पहिलो हाफमा दुई गोलले पछि परेको चेल्सिको लागि दोस्रो हाफमा एनगोलो कान्टेले एक गोल फर्काए। कान्टेले ७१औं मिनेटमा गोल गर्दै गोलअन्तर कम गरे। तर त्यसपछि भने चेल्सिले गोल फर्काउन सकेन र लिभरपुल विजयी भयो।

हारपछि चेल्सि ६ खेलबाट ८ अंकसहित ११औं स्थानमा छ।

उता अर्को लण्डन क्लब आर्सनलले भने एस्टन भिल्लामाथि ३-२ को नाटकीय जित निकाल्दै चौथो स्थानमा उक्लेको छ। घरेलु मैदान एमिरेट्स स्टेडियममा दुई पटक पछि परेको आर्सनलले एक खेल कम हुनुका बावजुद ३ गोल फर्कायो। आर्सनलले ६ खेलबाट ११ अंक जोडेको छ।

२०औं मिनेटमा जोन म्याक्गिनले गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाए। ४१औं मिनेटमा मेइटल्याण्ड नाइल्स रातो कार्ड खाँदै मैदान बाहिरिँदा आर्सनललाई अर्को धक्का लाग्यो। तर ४९औं मिनेटमा प्राप्त पेनाल्टीमा पेपेले आर्सनलका लागि बराबरी गोल फर्काए। ६०औं मिनेटमा वेस्लेले गोल गर्दै एस्टन भलल्लाई फेरी अग्रता दिलाए। ८१औं मिनेटमा कलुम च्याम्बर्सले आर्सनलका लागि बराबरी गोल फर्काए।  त्यसको ३ मिनेटपछि पिएरे एमरिक ओवामेयाङले निर्णायक गोल गर्द आर्सनललाई जित दिलाएका हुन्।

यस्तै अर्को लण्डन क्लब वेष्टहमले म्यानचेष्टर युनाइटेडलाई २-० ले पराजित गर्दै आर्सनल र लेस्टर समान ११ अंक जोडेको छ। गोलअन्तरमा दुवै क्लबभन्दा पछि रहेको वेष्टहम पाँचौ स्थानमा छ। वेष्टहमका लागि एन्डी यर्मालेन्कोले ४४औं र आरोन क्रेसवेलले ८४औं मिनेटमा गोल गरे।

तस्वीर : इपीएल

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्