सागका स्वर्ण विजेतालाई २५ लाख दिन सरकारसँग तरुण दलको माग

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने नेपाली खेलाडीहरूलाई जनही २५ लाख रूपैयाँ दिएर सम्मान गर्न सरकारसँग माग गरेको छ।

तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले आज विज्ञप्ती जारी गर्दै सागका रजत पदक विजेतालाई १५ लाख र कांस्य पदक विजेतालाई १० लाख रुपैयाँको दरले जनही पुरस्कारको व्यवस्था गर्न सरकार र खेलकुद परिषद्सँग माग गरेका छन्।

सागको १३ औं संस्करणको आयोजक राष्ट्र नेपालले नेपाल अहिलेसम्मकै सबभन्दा धेरै ५१ स्वर्ण पदक जितेर प्रतियोगितामा दोस्रो भएको छ।

नेपालले ६० रजत र ९५ कांस्य गरी कूल २०६ पदक हात पारेको छ।

सागमा शीर्ष स्थामा रहेको भारतले १७४ स्वर्ण, ९३ रजत र ४५ कांस्य गरी कूल ३१२ पदक जितेको छ।

तरुण दलले सागमा भ्रष्‍टाचार भएको दाबी गरेको छ।

साग खेलकुदमा खेलकुद परिषद्का सदस्य सचिव एवं खेलकुद मन्त्रीले खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्‍टाचार गरेको आरोप लगाउँदै उनीहरुलाई बर्खास्त गरी अख्तियारले छानबीन गरी कारवाही गर्न तरुण दलले विज्ञप्तिमार्फत माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्