'बेष्ट फिफा अवार्ड' लियोनल मेसीलाई, छैठौं पटकको कीर्तिमानी जित
सन् २०१९ को पुरूष फुटबलतर्फको 'बेष्ट फिफा अवार्ड' लियोनल मेसीले जितेका छन् ।
इटालीको मिलानमा गएराति सम्पन्न कार्यक्रममा क्रिस्टियानो रोनाल्डो र भर्जिल भान डाइकलाई पछि पार्दै मेसीले छैठौं पटक ‘द वेष्ट फिफा अवार्ड’ को उपाधि जिते।
उनले यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा यो अवार्ड जितिसकेका थिए। यसअघि रोनाल्डो र मेसीले समान ५-५ पटक उपाधि जितेका थिए।
मेसीले आफ्ने क्लव बार्सिलोना र अर्जेन्टिनाका लागि सन् २०१८-२०१९ मा ५८ खेलबाट ५४ गोल गरेका थिए। त्यस्तै प्रतिष्पर्धामा रहेका क्रिस्टियानो रोनाल्डोले ४७ खेलबाट ३१ गोल गरेका थिए।
यसैगरी महिलातर्फको अवार्ड अमेरिकी फरवार्ड मेगन रापिनोले जितिन्। अमेरिकालाई विश्वकप विजेता बनाउँदा उनी सर्वाधिक गोलकर्ता उत्कर्ष्ट खेलाडी घोषित भएकी थिइन् । पहिलो पटक फिफा अवार्ड जित्ने क्रममा उनले आफ्नै टिमकी एलेक्स मोर्गन र इंग्ल्याण्डका लुसी ब्रोन्सलाई पछि पारिन् ।
यस्तै गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन सफल योर्गन क्लोपले फिफा कोच अफ दि इअरको अवार्ड जितेका छन्। उनले म्यानचेष्टर सिटीका पेप गोर्डिओला र टोटनहम हट्सपरका माउरिसिओ पोचेटिनोलाई पछि पारे। महिला प्रशिक्षकको उपाधि अमेरिकालाई विश्वकप दिलाएकी जिल एलिसले हात पारिन्।
कसले कुन अवार्ड पाए?
पुरुष खेलाडी: लिओनल मेसी (बार्सिलोना र अर्जेन्टिना)
महिला खेलाडी: मेगन रापिनो (रेन एफसी र अमेरिका)
पुरुष प्रशिक्षक: योर्गन क्लोप (लिभरपुल)
महिला प्रशिक्षक: जिल एलिस (अमेरिका)
पुरुष गोलकिपर: एलिसन (लिभरपुल र ब्रजिल)
महिला गोलकिपर: सारी भान (भेनेन्डल एट्लेटिको मड्रिड र नेदरल्याण्ड्स)
पुस्कास अवार्ड: ड्यानिएल सोरी
फ्यान अवार्ड: सिल्भिओ ग्रेक्को पाल्मेरियास
फेयर प्ले अवार्ड: मार्सेलो (लिड्स युनाइटेड)
फिफा प्रो पुरुष ११: एलिसन, माथिस डे लिट, मार्सेलो, सर्गियो रामोस, भर्जिल भान डाइक, फ्रेन्की डे जोङ, एडेन हाजार्ड, लुका मोडरिच, क्रिस्टियानो रोनाल्डो, किलिएन एमबाप्पे र लिओनल मेसी।
फिफा प्रो महिला ११: भान भेनेन्नडाल, लुसी ब्रोन्स, निला फिसर, केले ओुहारा, वेन्डी रेनार्ड, जुली एर्टज, अमान्डिने हेनरी, रोस लाभेले, मार्टा, एलेक्स मोर्गन र मेगन रापिनो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्