काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले किफायती बलिङ गर्दै २ विकेट लिएपनि उनको टिम बारबाडोस ट्राइडेन्ट्स क्यारेवियन प्रिमियर लिग सीपीएलमा जमैका तल्हासँग ५ रनले पराजित भएको छ। १२८ रनको सामान्य लक्ष्य पछ्याएको बारबाडोसले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १२२ रन मात्र बनाउन सक्यो।
२ विकेट लिएका सन्दीपले ब्याटिङ समेत गरेका थिए। उनले ८ बल खेल्दै १ चौकाको मद्दतमा नटआउट ९ रन बनाएपनि जिताउन सकेनन्। अन्तिम बलमा जितका लागि छक्का चाहिएपनि सन्दीपले रन जोड्न सकेनन्।
बारबाडोसका लागि जोनसन चार्ल्सले सर्वाधिक ३१ र रेयमन रेइफरले २६ रन बनाए। बलिङका जमैकाका इमरान खान र शामर स्प्रिन्जरले ३-३ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो।
जमैकाका लागि ग्लेन फिलिप्सले ४१ र रमल लेविसले २७ रन बनाएका थए। बार्बाडोसका लागि सबैभन्दा उत्कृष्ट बलिङ गरेका सन्दीपले ४ ओभरमा १७ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै कप्तान ज्यासन होल्डर र इपरले पनि २-२ विकेट लिए। चौथो हारपछि पनि ६ खेलबाट ४ अंक रहेको बारबाडोस थो स्थानमा यथावत छ। उता दोस्रो जित हात पारेको जमैकाले बारबाडोससँग अंक बराबरी गरेको छ तर रनरेटमा पछि छ।