नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं। लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्य लिएको नेपाल यू–१८ फुटबल टीम घरेलु मैदानमै भइरहेको साफ यू–१८ च्याम्पियनसिपमा समूह चरणबाटै बाहिरिएको छ ।

समूह ए मा रहेको नेपाल जितविहीन हुँदै बाहिरिएको हो। आज भएको समूह ए को अन्तिम खेलमा भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेलेपछि नेपाल तीन टोली  समूहमा पूछारमा रहँदै बाहिरिएको हो।

बराबरीपछि भुटान ४ अंकसहित समूह विजेताको रूपमा सेमिफाइनल पुगेको छ । यस्तै दुई बराबरीबाट २ अंक जोडेको माल्दिभ्स समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो। नेपालले माल्दिभ्ससँग बराबारी खेल्दै १ अंक मात्र जोड्यो ।

दक्षिण एसियाका ६ राष्ट्र सहभागी यस च्याम्पियनसिपमा समूह बी बाट बंगलादेश समूह विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ। अब भारत र श्रीलंकाबीच हुने समूहको अन्तिम खेलपछि सेमिफाइनल पुग्ने चौथों टोलीको टुङ्गो लाग्नेछ ।

सन् २०१५ मा नेपालबाटै शुरू भएको साफ यू–१८ च्याम्पियनसिपले नयाँ विजेता पाउने भएको छ। यसअघिको दुवै संस्करणमा नेपाल च्याम्पियन बनेको थियो।

दोस्रो पटक घरेलु मैदानमा च्याम्पियनसिप आयोजना हुँदा नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्