ला लिगा : भियारियाललाई हराउँदै बार्सिलोना चौथो स्थानमा उक्लियो

स्पानिस ला लिगामा साविक विजेता बार्सिलोनाले गएराति भएको खेलमा भियारियाललाई २-१ ले पराजित गरेको छ। यो सिजनको तेस्रो जितपछि बार्सिलोना ६ खेलबाट १० अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा उक्लेको छ। बार्सिलोनाले यस सिजन दुई खेल हारिसकेको छ भने एक खेल बराबरी खेलेको थियो।

दि बेस्ट फिफा अवार्ड जितेका लिओनल मेसीसहित एन्टोनी ग्रीजमन र लुइस सुअरेज जस्ता फरवार्डलाई एकै पटक मैदान उतारेको बार्सिलोनाले शुरुवाती १५ मिनेटमे दुई गोल गरेको थियो। तर त्यसपछि भने बार्सलोनाले गोल थप्न सकेन। ग्रिजमनले छैठौं मिनेटमा गोल गर्द अग्रता दिलाएका थिए भने आर्थर मेलोले १५औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे।

४४औं मिनेटमा भियारियालका सान्टी काजोर्लाले गोल गर्दै गोल अन्तर कम पारे। यस जितले बार्सिलोनालाई राहत दिएको छ। समान १० अंक रहेपनि बार्सिलोनाले गोलअन्तरमा सेभिया, एट्लेटिक मड्रिड रियल सोसिडाडलाई पछि पारेको छ।

बार्सिलोना समान ६ खेल खेलिसकेको ग्रानाडा ११ अंकसहित शीर्ष स्थानमा छ। एथ्लेटिक विलवाओ र रियल मड्रिडको पनि समान ११ अंक छ। तर उनीहरुले एक खेल कम खेलेका छन्।

प्रतिक्रिया दिनुहोस्