काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी र आर्सनलले इएफएल कपमा फराकिलो जित हात पार्दै चौथो चरणमा स्थान बनाउँदा प्रिमियर लिगकै टोटनहम हट्सपर भने पराजित भएको छ।
टोटनहम लिग टु क्लब कोलचेष्टर युनाइटेडसँग पेनाल्टी सुटआउटमा ४-३ ले पराजित भएको हो। त्यसअघि निर्धारित समयको खेल गोलहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो।
टोटनहमका क्रिस्टियन एरिक्सन र लुकास माउरा पेनाल्टीमा गोल गर्न चुकेका थिए।
कोलचेस्टरका लागि लुक मोरिस, फ्रान्स नोउबल, पेरिस जोसेफ कोवन हल र थोमस लापस्लीले गोल गरे। टोटनहमका लागि डेले अली, एरिक लामेला र हेउन सन मिनले गोल गरे।
उता साविक विजेता समेत रहेको सिटी र आर्सनलले भने सहज जित हात पारे। सिटिले प्रेस्टन नर्थ इन्डलाई ३-० ले हरायो। सिटीका लागि रहिम स्टर्लिङ र गाब्रीएल जेससले एक-एक गोल गरे। प्रेस्टनका राएन नेल्सनले एक आत्मघाती गोल उपहार दिए।
यस्तै दोस्रो रोजाइको टिम खेलाएपनि लण्डन क्लब आर्सनलले नटिङहम फरेस्टलाई ५-० पराजित गर्योआ। आर्सनलका लागि गाब्रिएल मार्टिनेलीले दुई तथा रोवर्ट होल्डिङ, जोसेफ विल्लक र रेइस नेल्सनले एक-एक गोल गरे।