पारसले त्रिदेशीय शृङ्खला गुमाउने काठमाडौं। नेपाली राष्ट्रिय टोलीका सदस्य पारस खड्काले त्रिदेशीय ट्वान्टी-२० शृङ्खला गुमाउने भएका छन्। प्रशिक्षणका दौरान चोटिल हुन पुगेपछि पारसले घरेलु मैदानमा हुने प्रतियोगिता गुमाउनेछन्। पारसलाई फिल्डिङका क्रममा काँधमा चोटपछि तीन हप्ता आराम गर्न डाक्टरहरूले सल्लाह दिएका छन्। नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित प्रतियोगिता भोलिदेखि कीर्तिपुरस्थि टीयू क्रिकेट मैदानमा हुँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्