नेपाल सुपर लिग : चितवनले भित्र्यायो इजिप्टका दुई खेलाडी
काठमाडौं। नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चाइज प्रतियोगिताका लागि एफसी चितवनले विदेशी खेलाडीका रूपमा इजिप्टका दुई खेलाडीलाई क्लबमा भित्र्याएको छ। चितवनले इजिप्टका अल सायद शाबन र अहमेद महम्मद गबालालाई क्लबमा अनुबन्ध गरेको हो। बैशाख ११ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालका विभिन्न सात सहरहरूको नामका सात फ्रेन्चाइज टोलीहरू सहभागी रहेका छन्।
प्रतिक्रिया दिनुहोस्