![](https://www.dekhapadhi.com/uploads/posts/1618631528.RB leipjig.jpg)
दोस्रो स्थानको लाइपजिग बराबरीमा रोकियो
काठमाडौं। जर्मन बुन्डेसलिगाको दोस्रो स्थानमा रहेको आरबी लाइपजिगले होफिनहेइमसँग गोलरहित बराबरी खेलेको छ।
अन्तिम मिनेटमा युसुफ पोउलसेनले गोल गरे पनि भिडियो सहायक रेफ्रीले मान्यता दिएनन्। बराबरीपछि ६१अंक जोडको लाइपजिग दोस्रो स्थानमा छ।
जुन शीर्ष स्थानको बायर्न म्युनिखभन्दा चार अंकले पछाडि हो। बायर्नले अझै एक खेल कम खेलेको छ। होफिनहेइम भने ३२ अंकका साथ ११औं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्