ट्वान्टी-२० अन्तर्राष्ट्रिय डेब्यूमा सबभन्दा धेरै रन बनाउने कुशल काठमाडौं। कुशल भुर्तेल ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यू खेलमा नेपालबाट सबभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्। कुशलले त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध ६२ रन बनाए। यसअघि यो कीर्तिमान सन्दीप जोराको नाममा थियो। सन्दीपले २०१९ मा युएईविरुद्ध अविजित ५३ रन बनाएका थिए। कुशलले पहिलो विकेटका लागि आसिफसँग पहिलो विकेटका लागि ११६ रनको रनको साझेदारी गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्