ट्वान्टी-२० अन्तर्राष्ट्रियमा पहिलो विकेटका लागि सबभन्दा ठूलो साझेदारी
काठमाडौं। कुशल भुर्तेल र आसिफ शेखले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेटका लागि सबभन्दा ठूलो रनको साझेदारी गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्धको खेलमा कुशल र आसिफले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए। यसअघि यो कीर्तिमान पारस खड्का र ज्ञानेन्द्र मल्लको नाममा थियो। पारस र ज्ञानेन्द्रले १३औं सागमा भुटानविरुद्ध १०८ रनको साझेदारी गरेका थिए।
प्रतिक्रिया दिनुहोस्