बार्सिलोनाले जित्यो कोपा डेल रे उपाधि
काठमाडौं। बार्सिलोनाले १२ मिनेटको अन्तरालमा चार गोल गरेपछि एथलेटिक विल्बाओलाई ४–० ले पराजित गर्दै कोपा डेल रेको उपाधि जितेको छ।
६०औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। फ्रांक डी जोङले ६३औं मिनेटमा अग्रता दोब्बर बनाए।
लियोनल मेसीले ६८ र ७२औं मिनेटमा गोल थपेपछि बार्सिलोनाले सहज नतिजा निकाल्यो। बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानको यो पहिलो उपाधि हो।
प्रतिक्रिया दिनुहोस्