आईपीएल क्रिकेटः मुम्बईको दोस्रो जित, हैदराबाद १३ रनले पराजित काठमाडौं। मुम्बई इन्डियन्सले आईपीएलमा सनराईजर्स हैदराबादलाई १३ रनले पराजित गरेको छ। ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनायो । १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदराबाद १९.४ ओभरमा सबै विकेट गुमाएर १३७ रनमा समेटियो। मुम्बईका क्विन्टन डी ककले ४० र काइरन पोलार्डले ३५ रन बनाए। मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३/३ विकेट लिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्