आईपीएल क्रिकेटः बैंगलोरद्वारा कलकत्तालाई २०४ रनको लक्ष्य प्रस्तुत काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले कलकत्ता नाईट राइडर्स (केकेआर)लाई जितका लागि २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा आएको बंैगलोरका लागि ग्लेन म्याक्सबेलले सर्वाधिक ७८ रन बनाए। म्याक्सबेलले ४९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै एबी डिभिलियर्सले ३४ बलमा ९ चौका र ३ छक्कासहित ७६ रन बनाए। आरसीबीको खातामा देबदत्त पडिकलले २५ तथा केल जेमिसनले ११ रन जोडे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्