आईपीएल क्रिकेट: दिल्लीद्वारा पन्जाब ६ विकेटले पराजित काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो। १ सय ९६ रनको लक्ष्य दिल्लीले १८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। दिल्लीको जितमा शिखर धवनले ९२ रनको अर्धशतकीय इनिङ्स खेले। दिल्लीका क्रिस वोक्स, लुकम्यान मेरिवाला, अभेस खान र कागिसो राबडाले एक/एक विकेट लिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्