लेस्टर एफए कपको फाइनलमा, उपाधिका लागि चेल्सीसँग भिड्ने काठमाडाैं। लेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ। गएराति साउथ ह्याम्टनलाई १–० ले पराजित गर्दै लेस्टरले चेल्सीसँगको उपाधि भिडन्त पक्का गरेको हो। लिसेस्टरका लागि केलाची हेनाचोले निर्णायक गोल गरेका हुन्। चेल्सी यसअघि नै म्यानचेस्टर सिटीलाई पराजित गरी फाइनलमा पुगिसकेको छ । फाइनल खेल वेम्बली रंगशालामा १५ मेमा हुनेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्