युनाइटेडले सिटीसँगको दुरी आठ अंकमा छोट्यायो
काठमाडौं। मासन ग्रिनउडको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा बर्नलीलाई ३–१ हराएको छ।
युनाइटेडले ४८औं मिनेटमा ग्रिनउडको गोलबाट अग्रता लियो। जेम्स टार्कोवस्कीले ५०औं मिनेटमा बराबरी गोल फर्काए। ८४औं मिनेटमा ग्रिनउडको गोलबाट युनाइटेडले पुनः अग्रता लियो।
इन्जुरी समयमा इडिसन काभानीले अर्को गोल थपेपछि युनाइटेडले जित पक्का गर्यो। जितपछि युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दुरी आठ अंकमा छोट्याएको छ।
प्रतिक्रिया दिनुहोस्