
बुन्डेसलिगमा डर्टमण्डको फराकिलो जित
काठमाडौं। बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगामा गएराती वेर्डर ब्रेमेनलाई ४–१ ले पराजित गरेको छ।
ब्रेमेनले १४औं मिनेटमा मिलोट राशिकाको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। डर्टमण्डको जितमा इर्लिङ हालान्डले दुई गोल गरे भने जियोभानी रेयना र म्याट्स ह्युमेल्सले एक/एक गोल गरे। जितपछि २९ खेलमा ४९ अंक जोडेको डर्टमण्ड पाँचौं स्थानमा उक्लिएको छ। ब्रेमेन १३औं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्