सरकारी निर्णयको खिल्ली उडाउँदै क्यान
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले सरकारी निर्णयको खिल्ली उडाएको छ।
नेपाल सरकारले सोमबार कोभिड–१९ महामारीको दोस्रो लहरलाई मध्यनजर गर्दै दर्शकसहितको खेलकुद बन्द गर्ने निर्णय गरेको थियो। तर क्यानले आजोजना गरेको त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा त्यसको कुनै पालना भएको छैन। मलेसिया र नेपालबीचको खेलका लागि कीर्तिपुरस्थित त्रिवि मैदानमा दर्शकलाई कुनै बन्देज छैन। हजारौंको संख्यामा दर्शकको उपस्थिति छ।
प्रतिक्रिया दिनुहोस्